आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

गिरिजाबाबुका लत्ताकपडालगायत सामग्रीहरु बी.पी. संग्रहालयलाई हस्तान्तरण

गोकर्णेश्वर खबर११ कार्तिक २०७८, बिहीबार ०७:४२ मा प्रकाशित (३ साल अघि) २२३ पाठक संख्या

काठमाडौं । पूर्व उपप्रधानमन्त्री सुजाता कोईरालाले आफ्ना पिता तथा नेपालको लोकतान्त्रिक आन्दोलनका शिखर पुरुष स्वर्गीय गिरिजाप्रसाद कोईरालाले प्रयोग गर्नु भएको सामानहरु बी.पी. संग्रहालय सुन्दरीललाई हस्तान्तरण गर्नु भएको छ ।

बी.पी. संग्रहालय सुन्दरीलका अध्यक्ष परशुराम पोखरेलका अनुसार पूर्व उपप्रधानमन्त्री समेत रहनु भएका सुजाता कोईरालाले गिरिजाबाबुका कपडाहरु कोट, दौरा, सुरुवाल, अक्सिजन मास्क, अस्तु तथा गिरिजाबाबुले प्रयोग गर्नु भएको कप, प्लेट, चम्चा लगायतका सामग्रीहरु संग्रहालयलाई मंगलबार हस्तान्तरण गर्नु भएको छ ।

ति सामग्रीहरु संग्रहालयमा सुरक्षित रुपमा प्रदर्शनमा राखिने अध्यक्ष परशुराम पोखरेलले बताउनु भयो ।