आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

कागेश्वरी मनोहराबाट १३ जुवाडे पक्राउ,२० लाख बरामद

गोकर्णेश्वर खबर७ आश्विन २०७८, बिहीबार ०९:१८ मा प्रकाशित (३ साल अघि) ३२५ पाठक संख्या

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ बाट जुला खेलिरहेका अवस्थामा १३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय राजन दाहालको घरमा बिदुर दाहालले सञ्चालन गरेको जुवाखालबाट १३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथबाट १९ लाख ९६ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।