आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

नेपालले अमेरिकालाई दियो १७५ रनको लक्ष्य

गोकर्णेश्वर खबर१ आश्विन २०७८, शुक्रबार २०:४३ मा प्रकाशित (३ साल अघि) ११६ पाठक संख्या

काठमाडौं । क्रिकेट वर्ल्डकप लिग टूमा नेपालले अमेरिकालाई मात्र १७५ रनको लक्ष्य दिएको छ । अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

ओमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभरमा मात्र १७४ रन बनायो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५५ रन बनाए । दोस्रो विकेटका लागि कुशल भुर्तेलसँग ४९ रनको साझेदारी गरेका उनले पाँचौं विकेटका लागि गुल्शन झासँग अर्को ५१ रनको अर्को महत्वूपर्ण पार्टनरसिप गरे ।

कुशल ३६ र गुल्शन २८ रनमा आउट भए । करण केसीले १२, सन्दीप लामिछानेले ११ र विनोद भण्डारीले १० रन बनाए भने अरुले दोहोरो अंक समेत जोड्न सकेनन् ।

अमेरिकाका लागि सौरभ नेत्राभाल्करले ४ विकेट लिँदा कायल फिलिपले ३ विकेट हात पारे ।