आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

चीनमा ६ रेक्टर स्केलको भूकम्प

गोकर्णेश्वर खबर३१ भाद्र २०७८, बिहीबार ०९:०५ मा प्रकाशित (३ साल अघि) ५५० पाठक संख्या

एजेन्सी । चीनमा आज (बिहीबार) बिहानै ठूलो भूकम्प गएको छ।

चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार स्थानीय समयानुसार बिहीबार बिहान ४ः३३ बजे दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको लुचौ नगरस्थित लुसिआन काउन्टीमा ६ रेक्टर स्केलको भूकम्प गएको हो। ​

भूकम्पमा हालसम्म दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन्। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको चिनियाँ अधिकारीले बताएका छन्।

भूकम्प पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा गएको बताइएको छ।

भूकम्पपछि उद्धार कार्य भइरहको चिनियाँ अधिकारीले जानकारी दिएका छन्।