आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

राष्ट्रिय भूमि आयोग गठन,अध्यक्षमा निरौला नियुक्त

गोकर्णेश्वर खबर३० भाद्र २०७८, बुधबार १८:४८ मा प्रकाशित (३ साल अघि) १५० पाठक संख्या

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग २०७८ गठन गरी दुई जना पदाधिकारी नियुक्त गरेको छ । भदौ २९ गतेको मन्त्रिपरिषद बैठकले अध्यक्षमा केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीले नवनियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार शपथ लिएको जानकारी दिए ।
अरु सदस्यहरु भने नियुक्त भएका छैनन् । सरकारले हालै देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको थियो ।