आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

काठमाडौंमा बोक्सी आरोपमा महिलामाथि निर्घात कुटपिट

गोकर्णेश्वर खबर२९ भाद्र २०७८, मंगलवार २१:०७ मा प्रकाशित (३ साल अघि) ६९७ पाठक संख्या

काठमाडौं । काठमाडौंमा बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पीडित महिलाका श्रीमानसहित दीपेन्द्रकुमार थिङ, दशनारायण महर्जन र जनार्दन पाण्डे रहेका छन्।

उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।

स्वयम्भू ठूलोभर्याङ बस्दै आएका दीपेन्द्र झारफुक गर्ने व्यक्ति हुन्। श्रीमतीको पेट दुखेपछि श्रीमानले नै ट्याक्सीमा उनलाई दीपेन्द्रकोमा पुर्‍याएका थिए।

दीपेन्द्रले झारफुक गर्ने क्रममा महिलाको शरीरमा बोक्सी चढेको भन्दै कुटपिट गरेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए।

प्रहरीका अनुसार सुरुमा धामीले त्यसो भनेपछि श्रीमानसहितले पछि कुटपिट गरेका थिए। उनको शरीरमा निलडाम छ।

कुटपिट गर्ने श्रीमानसहित चार जना विरुद्ध महिलाले जाहेरी दिएकी थिइन्। पक्राउ परेका चारैजनाविरुद्ध प्रहरीले बोक्सी आरोपको कसूरमा अनुसन्धान अघि बढाइएको छ।