आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

धनुषामा बम विस्फोट : दुईजना घाइते

गोकर्णेश्वर खबर२९ भाद्र २०७८, मंगलवार १०:४४ मा प्रकाशित (३ साल अघि) २६९ पाठक संख्या

धनुषा । धनुषाको धनुषाधाम नगरपालिका ९ कुम्हराका मनोज यादवको घरमा सोमबार राति लुटेरा समूहले बम बिस्फोट गराएका छन्।

बिस्फोटमा परि दुईजना घाइते भएका छन्। घटनामा संजिव यादवसहित दुईजना समान्य घाइते भएका इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिए ।

नेपाली सेनाको टोली बिस्फोटको विषयमा अनुसन्धान गर्न घटनास्थल तर्फ प्रस्थान गरेको सुवेदीले बताए।

त्यसैगरी लुटेराहरुले स्थानीय सिटहु यादवको घरमा लुटपाटसमेत गरेका छन्। घटना विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।