आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

चट्याङले लागेर रुपन्देहीमा १ जनाको मृत्यु,५ घाइते

गोकर्णेश्वर खबर२५ भाद्र २०७८, शुक्रबार १०:३८ मा प्रकाशित (३ साल अघि) १४५ पाठक संख्या

बुटवल । रुपन्देहीमा चट्याङले लाग्दा एक किशोरको मृत्यु भएको छ। घटनामा अन्य पाँचजना घाइते भएका छन्।

मर्चवार गाउँपालिका ३ रामपुरमा बिहीबार साँझ चट्याङ लागेर स्थानीय १५ वर्षीय श्यामसुन्दर यादवको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार साँझ खेतबाट घाँस काटेर घर आउने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो। घटनामा ११ वर्षीय सन्तोष यादव घाइते भएका छन्।

त्यसैगरी बिहीबार साँझै मर्चवार १ मा चट्याङ लाग्दा स्थानीय इन्द्रावती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव घाइते भएका छन्। हाल उनीहरुको भैरहवामा उपचार भइरहेको छ। उनीहरु बसैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।