आज: १९ माघ २०८१, शनिबार | Sat, 01, Feb, 2025

गच्छदारनिकट कपिलेश्वर यादव नेविसंघ महामन्त्रीमा नियुक्त

गोकर्णेश्वर खबर२१ भाद्र २०७८, सोमबार ०९:५३ मा प्रकाशित (३ साल अघि) ११५ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघको महामन्त्रीमा कपिलेश्वर यादवलाई नियुक्त गरेका छन्।

उपसभापति विजयकुमार गच्छदारनिकट यादवलाई सभापति देउवाले आइतबार महामन्त्री पदमा नियुक्त गरेका हुन्।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेससँग मिलेको थियो।

पार्टी मिलेका बेला गरिएका सहमति कार्यान्वयन गरिएको भन्दै नेविसंघ केन्द्रीय तदर्थ समितिको महामन्त्रीमा सुनसरीका यादवलाई नियुक्त गरिएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम २०७४ सालको निर्वाचनअगाडि कांग्रेससँग मिलेको थियो।

कांग्रेसमा अहिले धमाधम वडा कार्यसमिति निर्वाचन भइरहेको छ। १४ औं महाधिवेशन प्रक्रिया चलिरहँदा देउवाले नेविसंघमा महामन्त्री नियुक्त गरेका हुन्।

नेविसंघको कार्यकाल पटकपटक कांग्रेसले थप गरिरहेको छ। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति गच्छदार र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकटले भागबन्डाका आधारमा नेविसंघ महामन्त्री नियुक्त भइरहेका छन्।