आज: १९ माघ २०८१, शनिबार | Sat, 01, Feb, 2025

गृहमन्त्री खाण र प्रकाण्डबीच भेटवार्ता

गोकर्णेश्वर खबर१८ भाद्र २०७८, शुक्रबार २०:२९ मा प्रकाशित (३ साल अघि) ४४२ पाठक संख्या

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्माबीच शुक्रबार भेटवार्ता भएको छ।

गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा भएको भेटवार्तामा शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा छलफल भएको थियो।

छलफल सकारात्मक भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।