आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

नेपाल-भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शकलाई प्रवेश दिइने,खेल साँझ साढे ५ बजे हुने

गोकर्णेश्वर खबर१६ भाद्र २०७८, बुधबार १७:४१ मा प्रकाशित (३ साल अघि) १५२ पाठक संख्या

काठमाठौं । नेपाल र भारतबीच हुने दुई मैत्रीपूर्ण खेलमा ५१ सय दर्शकलाई प्रवेश दिइने भएको छ।

तर मैदानमा खोप लगाएका र पीसीआर परीक्षण गरेकालाई मात्रै प्रवेश दिइने भएको छ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार भोलि र २० भदौमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि उक्त संख्यामा दर्शकलाई प्रवेश दिइने भएको छ।

खेल साँझ साढे ५ बजे हुने छ।

खेलअघिको पत्रकार सम्मेलनमा नेपाली कप्तान किरण चेञ्जोङले भोलिको खेलको लागि तयारी राम्रो रहेको बताए।

यस्तै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विगत के भयो भन्दा नि भविष्य हेरेर भारतसँग मैदान उत्रिने बताए। उनले भारतविरुद्ध जित्नका लागि मैदान उत्रिने बताए।

भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाल राम्रो टोली भएकाले सहज रुपमा नलिएको बताए।