आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

साताको पहिलो दिन नै घट्यो सेयरबजार

गोकर्णेश्वर खबर१३ भाद्र २०७८, आईतवार १७:३२ मा प्रकाशित (३ साल अघि) १२८ पाठक संख्या

काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयरबजारमा पहिरो गएको छ। नेप्से सूचक ४९.१८ अंकले र सेन्सिटिभ सूचक ८.५७ अंकले घटेको हो।

आइतबार कुल २ सय २७ कम्पनी कारोबारमा सामेल भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

यसअनुसार कम्पनीहरुको २ करोड ४८ लाख ८८ हजारभन्दा धेरै कित्ता सेयर बिक्री भएका छन्।

दिनभरिमा एक लाख ५९ हजार पटकको खरिदबिक्रीपछि बजारमा १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएको छ।

आज फाइनान्सबाहेक बाँकी १२ वटा उपसूचक पनि राताम्य भएका छन्।

आज रुरु जलविद्युतका लगानीकर्ताले १० प्रतिशत घाटा व्यहोरेका छन्। कमाउनेमा भने नारायण डेभलपमेन्ट बैंक र खानीखोला हाइड्रोका लगानीकर्ता छन्। उनीहरुले १० प्रतिशत आम्दानी गरेको नेप्सेले जनाएको छ।

कारोबारमा भने अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी अगाडि छ। कम्पनीको मात्रै एक अर्ब ३१ करोडको सेयर कारोबार भएको छ।

त्यस्तै, अरुण कावेली पावरको ८७ करोडको, जीवन विकास लघुवित्तको ७४ करोडको, आईसीएफसीको ३८ करोडको, हिमालयन डिस्टिलरीको ३४ करोडको सेयर कारोबार भएको छ।