आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

अत्तरखेल युवा समाजले सि डिभिजन लिग क्वालीफायरका खेल खेल्ने

गोकर्णेश्वर खबर१२ भाद्र २०७८, शनिबार १८:४१ मा प्रकाशित (३ साल अघि) ५४८ पाठक संख्या

काठमाडौं । अत्तरखेल युवा समाजले सि डिभिजन लिग क्वालीफायरका खेल खेल्ने भएको छ ।

साउन १० गतेबाट एन्फा सातदोबाटोमा शुरु भएको प्रतियोगीतामा अत्तरखेल युवा समाजले सि डिभिजन लिग क्वालीफायरका खेल्ने खेल्ने भएको हो ।

देश भरीबाट ७९ टिम सहभागि हुने प्रतियोगीतामा गोकर्णेश्वर नगरपालिकाबाट ५ टिम सहभागि हुने नगरप्रमुख सन्तोष चालिसेले बताए ।

प्रतियोगीतामा अत्तरखेल युवा समाजबाट २३ जना खेलाडीको टिम सहभागी हुने समाजमा सचिव दिनेश राईले जानकारी दिए ।

समाजले आज एक पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा नगरप्रमुख सन्तोष चालिसे, प्रमुख सल्लाहकार दीपक रिसाल, प्रमुख कोच नगेश रावत, फुर्वा तामाङ, सहकोच सुजन बस्नेत, फुटबल टिम क्याप्टेन दुर्गालाल श्रेष्ठ, समाजका अध्यक्ष सुमन लामा, सचिव दिनेश राई, फुटबल अध्यक्ष विनोद सुनुवार, खेलाडी तथा खेलप्रेमीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

प्रतियोगिता असोज सम्म चल्ने छ ।