आज: १३ बैशाख २०८२, शनिबार | Sat, 26, Apr, 2025

भारतीय सुरक्षाकर्मीले तुइन काट्दा महाकालीमा बेपत्ता धामीको परिवारलाई १० लाख सहयोग गर्ने सरकारको निर्णय

गोकर्णेश्वर खबर१० भाद्र २०७८, बिहीबार १८:३७ मा प्रकाशित (३ साल अघि) २६५ पाठक संख्या

काठमाडौं । सरकारले भारतीय सुरक्षाकर्मीले तुइन काट्दा महाकाली नदीमा बगेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दार्चुलाको व्यास गाउँपालिका–२ का धामीको परिवारलाई आर्थिक सहयोग स्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको हो।

बैठकपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले धामीको परिवारलाई १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको जानकारी दिए।

गत साउन १५ गते भारतीय सुरक्षाकर्मीले महाकाली नदीमा रहेको तुइन काटिदिँदा धामी वेपत्ता भएका थिए।

उनको शव अझै फेला पर्न सकेको छैन।