आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

माधव नेतृत्वमा गठित एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र २९ सांसदले गरे सनाखत

गोकर्णेश्वर खबर९ भाद्र २०७८, बुधबार १५:०३ मा प्रकाशित (३ साल अघि) ४३० पाठक संख्या

काठमाडौं । माधवकुमार नेपालको नेतृत्वमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेश भएको नामवलीको सनाखत गर्ने काम लभगभ सकिएको छ । निर्वाचन आयोगले ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत भएको हो ।

दल दर्ताका लागि ५६ जनाको नामावली आयोगमा पठाइएको थियो । उनीहरुमध्ये भाष्कर काफ्लेबाहेक ५५ जनाको सनाखत भएको छ । बाँकी हस्ताक्षर नभएका चारजना विक्रम शाही, सोमप्रसाद पाण्डे, रामप्रित पासवान र राजन राईको विषयमा छलफल भइरहेको पार्टीका नेता मेटमणि चौधरीले जानकारी दिए ।

भारतमा उपचाररत रहेका नेता झलनाथ खनालको पनि आयोगले सनाखत गरेको छ । उनले दूतावासमार्फत पठाएको पत्रका आधारमा सनाखत गरिएको हो ।