आज: २० फाल्गुन २०८१, मंगलवार | Tue, 04, Mar, 2025

नयाँ पार्टी दर्ताको सनाखतको लागि महन्थ ठाकुरसहितका नेताहरु निर्वाचन आयोग पुगे

गोकर्णेश्वर खबर९ भाद्र २०७८, बुधबार १२:२४ मा प्रकाशित (३ साल अघि) १३५ पाठक संख्या

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेताहरू सनाखतका लागि पुगेका छन्।

बुधबार बिहान ११ बजेपछि नेताहरू निर्वाचन आयोगमा पुग्ने क्रम सुरू भएको छ। आयोगले बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ।

पहिले जसपाका अध्यक्ष रहेका महन्थ ठाकुर आयोगले जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।