काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनबारे छलफल गर्न संस्थापनइतर समूहका नेताहरू ठमेलको चाक्सीबारीमा भेला भएका छन्।
वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट नेताहरू पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा भेला भएका हुन्।
बैठकमा आसन्न महाधिवेशन र क्रियाशील सदस्यता सम्बन्धमा जारी आफूपक्षीय जिल्ला सभापतिहरूको आन्दोलनबारे छलफल भइरहेको चाक्सीबारी स्रोतले जनाएको छ।
बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. शेखर कोइराला, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसीलगायतका नेताहरू सहभागी छन्।
यसअघि गत सोमबार नेता पौडेलले बत्तिसपुतलीस्थित एक पार्टी प्यालेसमा आफ्नो समूहमा रहेका सभापति पदका आकांक्षीहरूसँग छलफल गरेका थिए।