आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

आज थप २५२५ जनामा कोरोना संक्रमण ,३५ जनाको मृत्यु

गोकर्णेश्वर खबर८ भाद्र २०७८, मंगलवार १७:३३ मा प्रकाशित (३ साल अघि) २४६ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १४ हजार ८१० जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ९०९ जनाको पिसिआर र ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, २ हजार ८६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

यसको संक्रमणबाट थप ३५ जनाले ज्यान गुमाएका छन्। योसँगै मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको छ।

हाल सक्रिय संक्रमित ३८ हजार २५० सय छन्। यसैगरी हालसम्म निको हुनेको दर ९३.५ प्रतिशत रहेको छ।

यस्तै, संक्रमितमध्ये काठमाडौं उपत्यकामा ६८९ जनालाई संक्रमण देखिएको छ। काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जना संक्रमित थपिएका हुन्।