आज: ३ चैत्र २०८१, सोमबार | Mon, 17, Mar, 2025

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा सुरु

गोकर्णेश्वर खबर८ भाद्र २०७८, मंगलवार १२:०१ मा प्रकाशित (३ साल अघि) १४९ पाठक संख्या

काठमाडौं । पार्टी दर्ता प्रक्रियामा रहेको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक चन्द्रागिरिमा बसेको छ।

सोमबारदेखि सुरू भएको बैठक बुधबारसम्म चल्नेछ।

बैठकमा पार्टी विधान र राजनीतिक प्रतिवेदन तथा घोषणा पत्रलगायत विषयमा छलफल भइरहेका छन्। अध्यक्ष माधवकुमार नेपालसहित उनी पक्षका सांसद र केन्द्रीय सदस्यहरू बैठकमा सहभागी छन्।

निर्वाचन आयोगले सनाखतलाई बुधबार बोलाएको छ। अध्यक्ष नेपालसहित उनी पक्षका नेताहरू बुधबार केन्द्रीय कमिटी बैठक सकेर त्यहीँबाट निर्वाचन आयोग जानेछन्।

अध्यक्ष नेपालसहित नेताहरू सोमबार बेलुकी चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका थिए।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएसँगै एमाले वरिष्ठ नेता नेपालले नयाँ पार्टी गठन थालेका थिए।