काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टीबाट अलग भएर नयाँ दल गठन गरेका वरिष्ठ नेता माधवकुमार नेपाललाई व्यंग्य गरेका छन्।
नेकपा (एकीकृत समाजवादी) निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेका बेला तयारीका लागि माधव नेपाल समूहका केन्द्रीय सदस्य अहिले चन्द्रागिरिको रिसोर्टमा भेला भएका छन्।
यसैलाई व्यंग्य गर्दै बाँस्कोटाले आफूलाई पनि जाऊँ जाऊँ लागेको तर बोलाएको भनेर व्यंग्य गरेका हुन्।
चन्द्रागिरिको रिसोर्टमा सोमबार बेलुका माधव नेपाल समूहको भेला भइरहँदा पूर्वमन्त्रीसमेत रहेका केपी ओलीका अति निकट नेता बाँस्कोटाले ट्विट गरेका छन्, ‘मलाई पनि चन्द्रागिरि जाम–जाम लाग्याथ्यो, निम्तै दिएनन्। कस्ता हाँडीघोप्टे रेछन्। बाक्लो दाल खाँदा पनि लुकेर खाने? भो आफू त गहतकै झोल खाइन्छ। किड्नीलाई राम्रो गर्छ रे।’