आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

बागमतीका प्रदेश प्रमुख शर्माले लिए पद तथा गोपनीयताको सपथ

गोकर्णेश्वर खबर४ भाद्र २०७८, शुक्रबार २१:५८ मा प्रकाशित (३ साल अघि) २९९ पाठक संख्या

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष उनले सपथ लिएका हुन्।

शुक्रबार साँझ राष्ट्रपति भवन शितलनिवासमा नेपालको संविधानको धारा १६७ अनुसार उनले सपथ लिएका हुन्।

उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को बिहीबारको बैठकको निर्णय एवं प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन्।