आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था सामान्य,गिरिलाई भेट्न मुम्बई पुगे निधि

गोकर्णेश्वर खबर४ भाद्र २०७८, शुक्रबार २१:५३ मा प्रकाशित (३ साल अघि) २७४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मुम्बईमा नियमित स्वास्थ्य परीक्षणका लागि पुगेका कांग्रेस केन्द्रीय सदस्य प्रदीप गिरिलाई भेटेका छन्।

उपसभापति निधिको सचिवालयले दिएको जानकारीअनुसार गिरिसँग शुक्रबार उपसभापति निधिले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। गिरिको स्वास्थ्य अवस्था सामान्य रहेको उपसभापति निधिलाई उद्धृत गर्दै उनको सचिवालयले जनाएको छ।

गिरिको घाँटीको देब्रे भागमा समस्या देखिएको छ। उनको स्वास्थ्य परीक्षण हिन्दुजा अस्पतालमा गरिएको हो। कोरोनाका कारण गिरिले दुई वर्षदेखि नियमित स्वास्थ्य परीक्षण गर्न पाएका थिएनन्।

गिरि नियमित स्वास्थ्य परीक्षणमा गएको र स्वास्थ्य अवस्था सामान्य रहेको गिरिको परिवारले जनाएको छ।