आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

सप्तकोसीमा फाल हानेर आत्महत्याको प्रयास गर्ने ६ जनाको सकुशल उद्धार

गोकर्णेश्वर खबर४ भाद्र २०७८, शुक्रबार ११:३१ मा प्रकाशित (३ साल अघि) ५१८ पाठक संख्या

काठमाडौं । सप्तकोसी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ।

ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेका सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। सकुशल उद्धार गरिएकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन्।

त्यसैगरी भारतको मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा सकुशल उद्धार गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए।

आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। रासस