आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

जापानबाट थप ८ लाख डोज खोप सोमबारसम्म नेपाल आइपुग्ने

गोकर्णेश्वर खबर४ भाद्र २०७८, शुक्रबार १०:४० मा प्रकाशित (३ साल अघि) २४५ पाठक संख्या

काठमाडौैं । जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोभिडविरुद्धको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये बाँकी करिब ८ लाख डोज शनिबार र सोमबार नेपाल आइपुग्ने भएको छ।

नेपालस्थित जापानी राजदूतावासले विज्ञप्ति जारी गरेर नेपाललाई दिन बाँकी ८ लाख खोप छिट्टै आउन लागेको जनाएको हो। नेपालका लागि जापानी राजदूत किकुता युताकाले खोप सहयोग दुई मुलुक बीचको मित्रताको प्रतिक भएको बताएका छन्।

कोभ्याक्स सुविधाअन्तर्गत जापान सरकारले नेपाललाई १६ लाख १४ हजार ७४० डोज खोप निःशुल्क उपलव्ध गराउने घोषणा गरेको छ। त्यसमध्ये करिब ८ लाख डोज खोप २३ र २४ साउनमा नेपाल आइपुगेको थियो।

चीन, अमेरिका, भारत लगायतका देशले पनि नेपालाई कोभ्याक्स सुविधा अन्तर्गत खोप उपलब्ध गराएका छन्।