आज: १० माघ २०८१, बिहीबार | Thu, 23, Jan, 2025

 पछिल्लो २४ घण्टामा थप ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३३ जनाको मृत्‍यु

गोकर्णेश्वर खबर३ भाद्र २०७८, बिहीबार १८:२८ मा प्रकाशित (३ साल अघि) २०० पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ भने २ हजार १२६ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ४२ हजार २२८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ भने ६ लाख९१ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ५सयजना रहेका छन् । जसमध्ये ३७ हजार ११४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३९ जना आईसीयू र १६८ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् ।