आज: ११ मंसिर २०८१, मंगलवार | Tue, 26, Nov, 2024

१४ सांसदलाई गरिएको कारबाहीले पार्टी विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुग्यो : गोकर्ण विष्ट

गोकर्णेश्वर खबर२ भाद्र २०७८, बुधबार ०८:३० मा प्रकाशित (३ साल अघि) १९५ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले माधवकुमार नेपालसहित १४ जना सांसदमाथि गरिएको कारबाहीले पार्टी एकता पक्षधरहरुलाई निराशा बनाएको बताएका छन् ।

नेता विष्टले माधव नेपालसहितका सांसदहरुमाथिको कारबाही फिर्ता लिएर एकताका लागि थप भूमिका खेल्न अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह समेत गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत नेता विष्टले पार्टी विभाजनको औचित्य पुष्टि गर्न चाहनेहरुका लागि थप बल पुगेको भन्दै एकता पक्षधरहरुलाई निराशा बनाएको बताएका हुन् ।

हरेक संकटमा संयमीत र सुझबुझपूर्ण निर्णयले नै अपेक्षाकृत सफलता प्राप्त गर्न सम्भव हुने उनको भनाइ छ ।

नेता विष्टले लेखेका छन्, ‘हामीभित्र देखा परेको असामान्य परिस्थितिमा पार्टीलाई जोगाउन जिम्मेवार र असाधरण भूमिका जरुरी पर्दछ ।’