आज: २० फाल्गुन २०८१, मंगलवार | Tue, 04, Mar, 2025

आज राति १२ बजेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य

गोकर्णेश्वर खबर३२ श्रावण २०७८, सोमबार १६:१८ मा प्रकाशित (३ साल अघि) १४८ पाठक संख्या

काठमाडौं । संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य भएको छ।

आज (साउन ३२ गते) राति १२ बजेदेखि लागू हुनेगरी संसदका दुवै सदनको अधिवेशन अन्त्य गरिएको हो।

राष्ट्रियसभा र प्रतिनिधि सभाको दुवै सदन अन्त्य गर्ने निर्णय गरेर सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो।

सरकारको सिफारिस अनुसार राष्ट्रपति कार्यालयबाट संसदमा अन्त्य भएको पत्र संसदमा सभामुख अग्नि प्रसाद सापकोटाले पढेर सुनाएका छन्।