आज: २० फाल्गुन २०८१, मंगलवार | Tue, 04, Mar, 2025

अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न निर्देशन दिइसकेको छु : प्रधानमन्त्री देउवा

गोकर्णेश्वर खबर३२ श्रावण २०७८, सोमबार ११:३४ मा प्रकाशित (३ साल अघि) ३३१ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले द्वन्द्वग्रस्त अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन्।

तालिबानी विद्रोहका कारण असुरक्षित बनेका त्यहाँका नेपालीलाई अत्यावश्यक अवस्थामा उद्धारका लागि आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको प्रधानमन्त्री देउवाले बताएका हुन्।

प्रधानमन्त्री देउवाले सोमबार बिहान भनेका छन्, ‘अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु।’

अफगानिस्तानमा रहेका नेपालीको सुरक्षा र उद्धारका लागि सरकारले सजगतापूर्वक जिम्मेवारी निर्वाह गर्ने दाबी प्रधानमन्त्री देउवाले गरेका छन्।

‘सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो,’ देउवाले भनेका छन्, ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ।’