काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सबैले विधिको शासन मान्नुपर्ने बताएका छन्।
विधि र कानुनभन्दा माथि कोही नहुने उनले बताए।
जनमत र विधि नमान्दा एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बालकोट पुगेको उनको भनाइ छ।
ओलीले जनमतको उपहास गरेको आरोप पनि सिंहले लगाए।
आज भक्तपुरस्थित मध्यपुर नगरपालिका वडा नम्बर ३ को नवनिर्मित भवन उद्घाटन गर्दै सिंहले भने, ‘जनताको मत र विधिको शासनको उपहास गर्दा बालुवाटाबाट ओली बालकोट पुगेको कुराबाट पाठ सिक्नुपर्छ।’
जनप्रतिनिधिले जनता र मुलुकप्रति उत्तरदायी भएर काम गर्नुपर्ने पनि उनले बताए।