आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

तरुण दल काठमाडौं-३ को कार्य समिती सदस्यमा हरिबोल बिष्ट मनोनीत

गोकर्णेश्वर खबर२५ श्रावण २०७८, सोमबार ०९:०१ मा प्रकाशित (३ साल अघि) २०८ पाठक संख्या

काठमाडौं । तरुण दल काठमाडौं क्षेत्र नं ३ को कार्य समिती सदस्यमा हरिबोल बिष्ट मनोनीत भएका छन् । तरुण दल काठमाडौं ३ सभापति सञ्जय लामाको सभापतीत्वमा शनिवार बसेको बैठकले सर्वसम्मत रुपमा बिष्टलाई मनोनित गरको हो ।

मनोनित सदस्य बिष्टलाई सभापति लामाले मनोनयन गरेको पत्र हस्तान्तरण गरेका हुन ।

सदस्य बिष्टले तरुण दलको विधि विधान र संगठनले दिएको जिम्मेवारी पूर्ण रुपमा पालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पार्टीले अंगालेको लोकतान्त्रिक मुल्य र मान्यतालाई आत्मसाथ गर्दै तरुण दल मार्फत जनताको सेवामा समर्पीत हुने उल्लेख गरे ।

सुन्ताखान यूवा क्लबको अध्यक्ष समेत रहेका बिष्टले सामाजिक कर्मसँग सँगै संगठनको कार्यभारप्रति दत्तचित्त भएर लाग्ने बताए । ‘हामी विकसित समाज बन्नुपर्छ /बनाउँनुपर्छ भनेर हिडेका छौंँ । हाम्रो कर्म पार्टीको काम सँगै समाज परिवर्तनकै लागि हुनेछ । पार्टीका गतिविधि देश,समाज विकासकै लागि हुन्छन् । हामीले हाम्रो ठाँउलाई विकसित बनाउँन लाग्ने हो’ उनले भने ‘देशैभरका तरुण दलका साथीहरु समाज विकासकै लागि लागि पर्नु भएको छ । जनताका हरेक सुःख दुःखमा तरुण दल जनतासँगै छ ।जनताकै पक्षमा काम गर्दै आएको छ । त्यो जिम्मेवारी पूर्ण रुपमा हामीले पनि पालन गर्नेनै छौं ।’

तरुण दल क्षेत्र नम्बर ३ सभापति संजल लामाले नेपाली कांग्रेस तथा तरुण दलको विचारधारालाई अझ यूवाहरु माझ शशक्त रुपमा लैजानु पर्ने बताए । उनले तरुण दलका कार्य र आगामी कार्य योजनाहरुको जानकारी जनताको घररघमा पुर्याउन समेत निर्देशन दिए ।

तरुण दलले काठमाडौं क्षेत्र नम्बर ३ का १३ वटै वडामा १३ वटै वडामा सर्वसम्मत रुपमा कार्य समिती सदस्य मनोनित गरेको छ ।