आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

कोभिशील्ड खोपको पहिलो डोज लगाएकालाई एस्ट्राजेनेका, गोकर्णेश्वरमा ९ वटा खोप केन्द्र

गोकर्णेश्वर खबर२३ श्रावण २०७८, शनिबार २१:२४ मा प्रकाशित (३ साल अघि) ६६१ पाठक संख्या

काठमाडौं । जापान सरकारले दिएको एस्ट्राजेनेका खोप साउन २५ गतेदेखि कोभिशील्ड खोप लगाएकाहरुलाई दोस्रो मात्राको रुपमा लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशील्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका उपलब्ध गराउने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अघि भेरोसेल खोप लगाइएका केन्द्रबाटै एस्ट्राजेनेका खोप वितरण गरिनेछ ।

गोकर्णेश्वर नगरपालिकामा ९ वटा केन्द्रबाट खोप वितरण गरिने बताइएको छ ।

यसैगरी, काठमाडौं महानगरपालिकामा विभिन्न १७ वटा केन्द्रबाट खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बुढानीलकण्ठ नगरपालिकामा १३ केन्द्रबाट, टोखा नगरपालिकामा ११ केन्द्रबाट, चन्द्रागिरी नगरपालिकामा १५ केन्द्रबाट, कीर्तिपुर नगरपालिकामा १०, नागार्जुन नगरपालिकामा १०, तारकेश्वर नगरपालिकामा ११, दक्षिणकाली नगरपालिकामा ९ र कागेश्वरी मनोहरा नगरपालिकामा ९ वटा केन्द्रबाट खोप वितरण गरिने बताइएको छ ।