आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

काठमाडौं उपत्यकामा आज थप ९१० जनामा संक्रमण

गोकर्णेश्वर खबर२३ श्रावण २०७८, शनिबार १९:११ मा प्रकाशित (३ साल अघि) २६९ पाठक संख्या

काठमाडौं । शनिबार काठमाडौं उपत्यकामा थप ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्।

जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ।

कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप १९ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसहित मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ हजार ७२२ जना कोरोनाबाट मुक्त भएका छन्। योसहित निको हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० पुगेको छ।