आज: २५ चैत्र २०८१, मंगलवार | Tue, 08, Apr, 2025

अर्जेन्टिनी सुपरस्टार मेस्सीले छाडे बार्सिलोना

गोकर्णेश्वर खबर२२ श्रावण २०७८, शुक्रबार ११:३२ मा प्रकाशित (३ साल अघि) २९४ पाठक संख्या

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले स्पेनिस फुटबल क्लब बार्सिलोना छाडेका छन्।

क्लबले विज्ञप्ति प्रकाशन गरी उनी क्लबबाट बाहिरिने भएको जानकारी दिएको हो।

मेस्सीले बिहीबार क्लबसँग नयाँ सम्झौता गर्ने भनिए पनि आर्थिक र संरचनागत अवरोधले यो हुन नसकेको क्लबले विज्ञप्तिमार्फत जनाएको छ।

‘मेस्सी अब फुटबल क्लब बार्सिलोनामा रहने छैनन्,’ विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी र क्लब दुवैको सम्झौता गर्न मनसाय रहे पनि पूरा हुन सकेन।’

बार्सिलोना क्लबले मेस्सीलाई अहिलेसम्म गरेका योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।

मेस्सी सन् २००३ देखि बार्सिलोना क्लबमा आबद्ध भएका थिए। त्यसको १८ वर्षपछि उनले क्लब छाडेका हुन्।