काठमाडौं । चर्चीत सेलो गायिका रेश्मा बोम्जन र नवगायक आकाश घिसिङको स्वर रहेको शैलुङ लेक’को अडियो सार्वजनिक भएको छ ।
जिवन बोम्जनको शब्द तथा संगितमा रहेको शैलुुङ लेक जिग्मे मिडियाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।
नवगायक घिसिङको पहिलो प्रस्तुती रहेको तामाङ सेलोको म्यूजिक भिडियो भने केही समयपछि सार्वजनिक हुने बताइएको छ ।
सेलो गीतमा चर्चा कमाएकी गायिका बोम्जनका भने दर्जनौ गीत चर्चामा रहेका छन् । नवप्रतिभालाई पनि अगाडी बढाउँने उदेश्य अनुरुप गायक घिसिङलाई स्वरमा साथ दिएको गायिका बम्जनको भनाई छ ।