आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

कोरोना रोकथाम तथा नियन्त्रणका लागि बौद्ध स्तुपा गेटमा प्रहरीको हेल्प डेस्क

गोकर्णेश्वर खबर२१ श्रावण २०७८, बिहीबार १०:४६ मा प्रकाशित (३ साल अघि) ३२४ पाठक संख्या

काठमाडौं । बौद्ध प्रहरीले कोरोना रोकथाम तथा नियन्त्रणको लागि हेल्प डेस्क स्थापना गरेको छ ।

समुदाय-प्रहरी साझेदारी अन्तर्गत विश्वभर फैलीरहेको कोभिड -१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि कामनपा ६ बौद्धस्थित बौद्ध स्तुपा गेटमा हेल्प डेस्क
स्थापना गरिएको हो ।

प्रहरीले कोरोना सम्बन्धी जनचेतनामुलक माईकिङ्ग गर्नुको साथै पर्चा पम्प्लेट तथा मास्क समेत वितरण गरेको छ । धेरै भिडभाड हुने स्थानलाई मध्यनजर गर्दै प्रहरीले यस्तो अभियान सुरु गरेको हो ।

कोरोना महामारीको तेस्रो भेरियन्ट आउँन सक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपणपछि प्रहरीसहितका विभिन्न संघसंस्था तेस्रो भेरियन्टसँग जुध्न नागरिकलाई सचेत गराउँने प्रयन्त स्वरुप विभिन्न अभियानमा सरिक हुँदै आएका छन् । दोस्रो भेरियन्टले विकराल रुप लिनथालेपछि सरकारले निषेधाज्ञाा जारी गरेको थियो । केही समय कोरोना संक्रमितको संख्या घट्दो क्रममा भएपछि निषेधाज्ञा खुकुलो पारिएको थियो तर फेरि संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालका वेड भरिन थालेको भन्दै नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न मन्त्रालयले अपिल गरेको छ ।