आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

गोङ्गबुमा पेस्तोलसहित तीन पक्राउ

गोकर्णेश्वर खबर२१ श्रावण २०७८, बिहीबार ०९:५४ मा प्रकाशित (३ साल अघि) ४९४ पाठक संख्या

काठमाडौं काठमाडौको गोङ्गबुमा पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

बुधबार बेलुका धादिङको गल्छी गाउँपालिका २ का सुजन मगर, ईश्वर मगर र विकेश मगर पक्राउ परेका प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट एउटा चाइनिज पेस्तोल, चार राउण्ड गोली र एउटा म्याग्जिन पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।