आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

दाङमा तीन बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा २ जना पक्राउ

गोकर्णेश्वर खबर१७ श्रावण २०७८, आईतवार १०:१६ मा प्रकाशित (३ साल अघि) ३६४ पाठक संख्या

दाङ । तीन जना बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले दाङका बेग्लाबेग्लै स्थानबाट २ जनालाई पक्राउ गरेको छ।

साउन १३ गते दिउँसो घरमा कोही नभएको बेला पारेर ८ बर्षीया बालिकामाथि जवरजस्ती बलात्कारको प्रयास गर्ने बबई गाउँपालिका वडा नम्बर ५ हापुरेका ५४ वर्षीय किमे दमाई पक्राउ परेका छन्।

त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित शंकर माविका परिचर २८ वर्षीय सूर्य चेतन चौधरी दुई बालिकालाई जवरजस्ती बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन्।

स्थानीय १४ र १६ वर्षीया दुई बालिकालाई जवरजस्ती गर्न खोजको जाहेरीका आधारमा चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए।

चौधरीले साउन १६ गते अपरान्ह करिब ५ः३० बजे दुई बालिकालाई ललाइफकाइ एकान्त स्थानमा लगेर जबरजस्ती बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।