आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

अमेरिकामा ८.२ म्याग्निच्युडको भूकम्प

गोकर्णेश्वर खबर१४ श्रावण २०७८, बिहीबार १५:४६ मा प्रकाशित (३ साल अघि) २३० पाठक संख्या

काठमाडौं । अमेरिकाको अलास्का द्वीपमा ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको जियोलोजिकल सर्वे (यूएसजीएस) ले स्थानीय समयअनुसार बुधबार राति सवा १० बजे उक्त भूकम्प गएको बताएको छ । यो भूकम्पको केन्दै जमिनको सतहभन्दा ३५ किलोमिटर मुनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भूकम्पपछि अलास्काको नेशनल सुनामी वार्निङ सेन्टर (एनटीडब्ल्यूसी)ले राज्यको दक्षिण भागमा सुनामीको चेतावनी दिएको छ ।