आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

एकाएक सामाजिक संजालमा विजय शाहीको मृत्युको हल्ला फैलिएपछि..

गोकर्णेश्वर खबर१२ श्रावण २०७८, मंगलवार २२:५७ मा प्रकाशित (३ साल अघि) २४१ पाठक संख्या

काठमाडौँ । आफूलाई तेज स्मरण शक्तिको मेमोरी किङ बताएर चर्चा बटुलेका युवा विजय शाही कालिकोटस्थित घरमै सकुशल भेटिएका छन्।

उनको मृत्यूको खबरसहित शंकास्पद फोटो पनि सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी गरेको थियो। जिल्ला प्रहरी कार्यालय कालिकोटले खोजी गर्दा शाही घरमै सकुशल भेटिएका हुन्।

उनको गाउँमा सम्पर्क गर्दा विजय घरमै भेटिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी टंकबहादुर शाहीले जानकारी दिएका छन्।

कालिकोटस्थित एकजना पत्रकार विष्ण न्यौपानेले पनि शाही सकुशल रहेको बताएका छन्। उनी कालिकोटको महावै गाउँपालिकास्थित आफ्नै घरमा रहेका न्यौपानेले बताए।

प्रहरीका अनुसार शाही मंगलबार दिउँसो विरामी भएर बेहोस भएका थिए। उनको उपचारका लागि परिवारले अस्पताल लाँदै गर्दा बाटोमा होस खुलेको थियो। त्यसपछि परिवारका सदस्यले उनलाई बाटोबाटै घर फर्काएका थिए।
अहिले उनी आफ्नो घरमा नै आराम गरिरहेका डिएसपी शाहीले बताए। पत्रकार न्यौपानेले पनि शाही जीवितै रहेकाले अफवाह नफैल्याउन आग्रह गरेका छन्।