काठमाडौं श्रावण ३ । गोकर्णेश्वर नगरपालिकामा अमेरिकी सरकारले सहयोग गरेको जोन्सन एन्ड जोन्सन खोप भोलिबाट लगाइने भएको छ ।
खोप ५० देखि ५४ वर्षसम्मका नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका ब्यक्तिहरु, हाल नेपालमा बसोबास गरेका शरणार्थीहरु र पहिला छुटेका स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई भोलि देखि श्रावण ६ गते सम्म श्री सहयोगी मा बी खोप केन्द्र गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्ण र श्री चामुण्डा मा बी गोकर्णेश्वर ६ नारायणटारमा लगाउने भएको छ ।