आज: १२ मंसिर २०८१, बुधबार | Wed, 27, Nov, 2024

प्रतिनिधि सभामा अनिवार्य उपस्थित भएर देउवालाई विश्वासको मत दिन कांग्रेसको ह्वीप

गोकर्णेश्वर खबर३ श्रावण २०७८, आईतवार १६:१० मा प्रकाशित (३ साल अघि) ३२४ पाठक संख्या

काठमाडौँ । नेपाली कांग्रेसले आइतबार प्रतिनिधि सभामा अनिवार्य उपस्थित भएर पार्टीको पक्षमा उभिन ह्वीप जारी गरेको छ। नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बसेको संसदीय दलको बैठकले आइतबार प्रतिनिधि सभामा पार्टीको पक्षमा उभिन कांग्रेसका सांसदहरूलाई ह्वीप जारी गरेको हो।

पार्टी सभापति एवम् नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन्। संसदीय दलको बैठकले पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित भएर विश्वासको मत लिने प्रक्रियालाई सफल पार्न ह्वीप जारी गरेको सचेतक पुष्पा भुसालले जानकारी दिइन्।

उनकाअनुसार बैठकले प्रतिनिधि सभामा रहेका सम्पूर्ण दलहरूलाई विश्वासको मत प्रदान गर्न पनि आग्रह गर्ने निर्णय गरेको छ। बैठकले सर्वोच्च अदालतको पछिल्लो निर्णयको स्वागत पनि गरेको छ