आज: १६ बैशाख २०८२, मंगलवार | Tue, 29, Apr, 2025

नेपालीले हङकङमा पनि छाडेनन् अवैध जुवा,३ नेपाली नागरिकसहित ५ गिरफ्तार

गोकर्णेश्वर खबर२ श्रावण २०७८, शनिबार २०:०८ मा प्रकाशित (३ साल अघि) २६५ पाठक संख्या

काठमाडौँ । हङकङमा अवैध जुवाखालबाट ३ नेपाली नागरिकसहित पाँच जना गिरफ्तार भएका छन्।

याउ मा तेइको १९९ टेम्पल स्ट्रिटबाट जुवा खेलिरहेका क्रममा उनीहरु पक्राउ परेको डिमसम डेलीले जनाएको छ।

अवैध रुपमा जुवा खेलिरहेको सूचनाका आधारमा विशेष प्रहरी टोली छापा मार्न खटाइएको थियो। शुक्रबार साँझ उनीहरुलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार २७ वर्षका नेपालीले जुवा खेल्ने व्यवस्था मिलाएका थिए। अन्य पक्राउ पर्ने नेपाली दुई पुरुष भएको र अन्य दुई महिला भएको बताइएको छ।

उनीहरुमाथि अवैध जुवा खेलेको साथै रोगको रोकथाम र नियन्त्रण गर्ने नियम उल्लंघन गरेको आरोप लागेको छ।

समाचारका अनुसार उनीहरुबाट प्रहरीले २ हजार हङकङ डलर, ९ वटा तासको बिटा र पाँच वटा जुवा खेलाउने मेसिन जफत गरिएको छ।