आज: १६ फाल्गुन २०८१, शुक्रबार | Fri, 28, Feb, 2025

महन्थ ठाकुर पक्षका ६ सांसद उपेन्द्र समूहमा!

गोकर्णेश्वर खबर२ श्रावण २०७८, शनिबार ११:१९ मा प्रकाशित (३ साल अघि) ३९३ पाठक संख्या

काठमाण्डौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले हिजो शुक्रबार बोलाएको संसदीय दलको बैठकमा उनी निकट मानिएका ६ सांसद अनुपस्थित भएका छन्।

ठाकुरसँग २० सांसद छन् तर ठाकुर पक्ष सरकारबाट बाहिरिएपछि उनलाई साथ दिने सांसदको संख्या घट्दै गएको छ।

बैठकमा ठाकुरसँग निकट मानिएका राजकिशोर यादव लगाएतका सांसद अनुपस्थित भएका छन्।

बैठकमा सहभागी नभएकामध्ये प्रमोद साह, अमृता अग्रहरी र रानी मण्डलले कित्ता परिवर्तन गरी उपेन्द्र यादव पक्षमा पुगेको चर्चा पार्टीभित्र सुरु भएको छ।

केपी ओली सरकारमा मन्त्री नबनायएकाले साह, अग्रहरी र मण्डल अध्यक्ष ठाकुर र राजेन्द्र महतोसँग असन्तुष्ट छन्।