आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

अभिनेत्री सुरेखा सीकरीको निधन

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार २०:१६ मा प्रकाशित (३ साल अघि) ८५८ पाठक संख्या

काठमाडौँ । मुम्बई टीभीको चर्चित कार्यक्रम ‘बालिका बधु’ मा हजुरआमाको भूमिका निभाएकी अभिनेत्री सुरेखा सीकरीको ७५ वर्षको उमेरमा निधन भएको छ।

सुरेखाको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिइन्। सन् २०२० मा सरेखालाई दोस्रो पटक ब्रेन स्ट्रोक भएको थियो। यस भन्दा सन् २०१८मा पक्षाघातको स्ट्रोक हुँदा उनी ह्विलचेयरमा थिइन्।

सुरेखाले सहायक अभिनेत्रीको रूपमा तीन राष्ट्रीय पुरस्कार जितेकी थिइन्।

‘बधाई हो’ भन्दा पहिले उनी सन् १९८८मा फिल्म ‘तमस’ र १९९५मा ‘मम्मो’को लागि उत्कृष्ट सहयोगी अभिनेत्रीको सम्मान पाएकी थिइन्।

सुरेखाको जन्म उत्तर प्रदेशमा भएको थियो। उनले सन् १९७१ मा नेशनल स्कुल अफ ड्रामाबाट ग्र्याजुएसन गरेकी थिइन्।

सुरेखाले सन् १९८९मा संगीत नाटक अकादमी पुरस्कार जितेकी थिइन्। सुरेखाका बुबा वायुसेनामा थिए र आमा शिक्षिका थिइन्। सुरेखाको विवाह हेमन्त रेगेसँग भएको थियो। उनीहरूको राहुल सिकरी नामको एक छोरा छन्।