आज: ७ बैशाख २०८२, आईतवार | Sun, 20, Apr, 2025

लामो दूरीका यातायातमा नयाँ भाडादर सार्वजनिक (सूची हेर्नुहोस्)

गोकर्णेश्वर खबर१ श्रावण २०७८, शुक्रबार १९:४१ मा प्रकाशित (३ साल अघि) २४९ पाठक संख्या

काठमाडौँ । सरकारले २८ प्रतिशत भाडा बढाएसंगै दूरीअनुसारको भाडादर सार्वजनिक गरेको छ।

यातायात व्यवस्था विभागले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातमा नयाँ भाडादर सार्वजनिक गरेको हो।

उक्त भाडादर दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीमा लागू हुनेछ।

सरकारले यात्रुवाहक सवारीसाधनमा २८ प्रतिशत भाडा बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २० प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको हकमा २६ प्रतिशतले भाडा वृद्धि गरेको हो।

विभागले यसअघि सार्वजनिक सवारीसाधनको भाडादर निर्धारण गर्दा इन्धानको अंश ३५ प्रतिशत र अन्य सूचकको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरेको थियो।

अहिले त्यसलाई परिवर्तन गरी यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, ब्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्यवृद्धिको आधारमा भाडावृद्धि गरिएको विभागले जनाएको छ।