काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९३६ जना कोभिड संक्रमित थपिएका छन् । १४ हजार १८२ वटा नमुनाको परीक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संखया ९ हजार ५०६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।