आज: ११ फाल्गुन २०८१, आईतवार | Sun, 23, Feb, 2025

साउदीमा कम्पनीले निकालेपछि २४ नेपाली अलपत्र,नेपाली दूतावासकै कर्मचारीको उल्टै हप्कीदप्की

गोकर्णेश्वर खबर३१ असार २०७८, बिहीबार १४:१९ मा प्रकाशित (३ साल अघि) ७३९ पाठक संख्या

काठमाडौं । कम्पनीले कामबाट निकालेपछि साउदी अरवमा २४ जना नेपाली कामदार अलपत्र परेका छन् । साउदिको टोपाज गल्फ नामक कम्पनीले तलब नदिई कामबाट निकालेपछि २४ नेपाली अलपत्र परेका हुन । कम्पनीले झण्डै ७ महिना भन्दाबढी वेतलबमा राखेपछि कामदारहरुले जावाज(अदालत)मा मुद्धा दायर गरेका थिए । मुद्धाको फैसला कामदारहरुको पक्षमा आएपनि न त उनीहरुले पैसा पाएका छन् नत एक्जीट भिषा नै ।

कम्पनीले कामबाट निकालेपछि रोजगार बिहिन भएका २४ नेपाली अहिले साउदीस्थित जुबेलमा रहेको अर्घाखाँचीको मालारानी स्थायी घर भएका पीडित नेत्र विसीले बताए । उनले यसबारे आफूहरुले साउदीस्थित नेपाली दूतावासलाई पटकपटक फोन गरेर जानकारी गराएपनि वास्ता नगरेको गुनासो गरे । ‘झण्डै अहिले २ महिना भन्दाबढी भयो भाडाको कोठामा दिन काट्न बाध्य भएका छौं । भएको रकम कोठा भाडा र खाना खादा सकियो, नेपाल फर्कन पैसा छैन् , नत कम्पनीले पैसा दियो नत साउदीस्थित नेपाली दुतावासले नै केही रेस्पोन्स गर्यो’ उनले भने । पीडित विसीका अनुसार साउदीमा प्रयोग हुने अकका कार्ड कम्पनीले नविकरण नगरिदिएपछि उनीहरु जावाज पुगेका थिए । जवाज(अदालत)ले अकमा नविकरण गर्न र सम्पूर्ण तलब पूर्ती गर्न भन्दै आदेश दिएपनि कम्पनीले आदेश पालना गरेको छैन् ।’

भोजपुर स्थायी घर भएका अर्का पीडित भरत राईले कम्पनीले कामबाट निकालेपछि रोडको जस्तो बास भएको गुनासो गरे । उनले दुतावासलाई फोन गर्दा उल्टै हामीलाई फोन नगर्नु भन्दै फोन काट्ने गरेको बताउँछन् । ‘देशमा रोजगार भएन ,परिवार पाल्नै पर्यो भन्दै विदेशीयौं तर आज नत नेपाल जान सक्ने स्थिती भयो नत धन कमाउन नै सकियो । भएको पैसा र ऋण धन गरेर बसेका छौं । नेपाल फर्कन पनि पैसा छैन् । हाम्रो देशमा सरकार नै नभएको अनुभूती भएको छ । नेपालीलाई नै सहयोग गर्ने भन्दै खोलेको दूतावासले कुरा सुन्दैन् फोन नगर भन्छ् । कसलाई गुहारा माग्ने यो अर्काको देशमा आफ्नो देशकै दुतावासले त सहयोग गर्दैन अरु कसले गर्ने’ उनले दुखेसो पोखे ।

प्यूठानका बिष्णु सुनारको दुखेसो पनि उस्तै छ भन्छन्- जनताको रगत पसिनाबाट तिरेको करले तलब थाप्ने दूतावासका कर्मचारी, राजदुतहरु हामीलाई नै सहयोग गर्न नसक्ने भन्दै पन्छिन्छन् । फोन गर्दा अब हामीलाई फोन नगर्नु भन्दै फोन काट्छन् हाम्रो यो चित्कार कसले सुन्ने? के हामी यी विदेशी भूमीमै यसरी नै तड्पीनु पर्ने हो ?हाम्रो देशमा सरकार छैन् उनले प्रश्न गरे ।

‘विदेशको ठाउँ कोठा भाडा त्यस्तै महंगो,ऋण गरेर भाडा र छाक टार्न त पाएका छौं । ऋण नै २ लाख भन्दाबढी भयो । कम्पनीले पैसा देला र घर फर्कौला भन्दै बसेको ७र८ महिना विते तर कम्पनीको शाहुले जवाफ नै दिदैँन । अब त लाग्न थाल्यो नेपाल फर्कन पनि सकिन्न की । सहयोग गर्ने कोही छैनन् । यो शरिर नेपाल फर्काउन पाए हुन्थ्यो भन्ने कामना बाहेक अहिले केही छैन्’ पीडित विसीले भने ‘विदेश आएको ४ वर्ष भयो साहुले घर जान पनि दिएन । अब नेपाल फर्कन पाए मात्रै पनि हुन्थ्यो ।’

पछिल्लो समय वैदेशिक रोजगारमा गएका नेपाली कामदारहरुका यस्ता पीडा बारम्बार आइरहेका छन् । नेपालीहरुलाई सहयोग गर्न भन्दै खुलेको दूतावासको जवाफ हामीलाई फोन नगर्नुस् भन्दै कामदारमाथी उल्टो हप्कीदप्की दिने कार्य कति शोभनिय होला ? जसको सहयोगका खातिर कार्यालय खुलेको हो उनीहरु नै गुहार माग्दा गुहार दिन नसक्ने दुतावास र राजदुतको नियुक्ति केका लागि गर्ने ? सम्बन्धीत निकायको ध्यान जाओस् । बिष्णु आचार्यको सहयोगमा