आज: ५ बैशाख २०८२, शुक्रबार | Fri, 18, Apr, 2025

देउवा नेतृत्वको मन्त्रिमण्डलमा ४ मन्त्रीले लिए शपथ,गृहमा खाँण र अर्थमा शर्मा नियुक्त

गोकर्णेश्वर खबर२९ असार २०७८, मंगलवार २१:०६ मा प्रकाशित (३ साल अघि) ४९८ पाठक संख्या

काठमाडौँ शेरबहादुर देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार मन्त्रीले शपथ लिएका छन्।

शितल निवासमा मंगलबार साँझ प्रधानमन्त्रीमा देउवाले शपथ लिए लगतै राष्ट्रपति विद्यादेवी भण्डारीले चार जना मन्त्रीलाई शपथ गराएकी हुन्।

माओवादी र कांग्रेसबाट २÷२ जना मन्त्री नियुक्त भएका हुन्। कांग्रेसबाट गृहमा बालकृष्ण खाँण र कानुनमा ज्ञानेन्द्रबहादुर कार्की तथा माओवादीबाट अर्थ मन्त्रालयमा जनार्दन शर्मा र उर्जामन्त्रीमा पम्फा भुसाल नियुक्त भएका हुन्।

शपथ समारोहमा माधव नेपालसहितका सबै पूर्वप्रधानमन्त्री र शीर्ष नेताहरु शितल निवास पुगे पनि केपी ओली भने गएनन्।