आज: १२ फाल्गुन २०८१, सोमबार | Mon, 24, Feb, 2025

आत्तारखेल युवा समाजद्धारा सामुदायिक विद्यालयलाई स्यानिटरी प्याड भेन्डिङ मेसिन वितरण

गोकर्णेश्वर खबर२२ असार २०७८, मंगलवार ००:४३ मा प्रकाशित (३ साल अघि) ३८६ पाठक संख्या

काठमाडौँ– आत्तारखेल युवा समाजले स्यानिटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विघटित प्रतिनिधि सभा सदस्य कृष्णबहादुर राईको सिफारिसमा आइतबार नयाँ बस्ति स्थित ड्रिम हाउस पार्टि प्यालेसमा भएको कार्यक्रममा सामुदायिक विद्यालयहरुलाई मेसिन वितरण गरिएको हो ।

विभिन्न सामाजिक कार्यमा आवद्ध भई लागु औषधीविरुद्ध जनचेतना जस्ता समाजिक कार्य गर्दै आएको क्लबले महिलाहरुको समस्यालाई ध्यानमा राखि स्यानिटरी प्याड भेन्डिङ मेसिन वितरण गरिएको आत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले जानकारी दिए ।

कार्यक्रममा निवर्तमान सांसद कृष्णबहादुर राईले महिला उत्थानका लागि आफू सधै तयार रहेको बताए । उनले सामुदायिक विद्यालयहरुमा छात्राहरुलाई आवश्यक पर्ने स्यानिटरी प्याड मेसिन वितरण गर्ने कार्यलाई कुनै राजनीतिक कार्यक्रम नठान्न समेत आग्रह गरे । महिलाका मासिक स्रावका समस्याप्रति पुरूषको ठुलो भूमिका हुने भन्दै नेता राईले यस्ता कार्यक्रमको लागि समूह बनाएर आए आफू सहयोग गर्न तयार रहेको बताए ।


एमाले काठमाडौं जिल्ला अध्यक्ष समेत रहेका राईले युवा समाजले समाज विकासका निम्ती गरेका प्रशंसामय कार्यलाई प्रोत्सान गर्दै सधै सहयोग र हातेमालो गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रम काठमाडौँ निर्वाचन क्षेत्र नं ३ अन्र्तगत सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक ,जनप्रधिनिधिहरु तथा विभिन्न संघ सस्थाका प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो ।