आज: ५ बैशाख २०८२, शुक्रबार | Fri, 18, Apr, 2025

हम्मर प्रहारबाट सानेपामा एक जनाको हत्या

गोकर्णेश्वर खबर२० असार २०७८, आईतवार १७:१५ मा प्रकाशित (३ साल अघि) ३५० पाठक संख्या

काठमाडौँ । ललितपुरमा एक भारतीय नागरिकको हत्या भएको छ। सानेपामा हम्मर प्रहारबाट भारत राजस्थानका सत्यनारायण पारिकको हत्या भएको हो।

घरभित्र नै उनको हत्या भएको देखिएको प्रहरीले बताएको छ। प्रहरीले अनुसन्धानका लागि सीसी क्यामेराको भिडिओ पनि विश्लेषण गरिरहेको छ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ।

पारिक २० वर्षदेखि नेपालमा बसेका थिए।